दंगीशरणमा गोब्रे च्याउ खेतीसम्बन्धी ७ दिने तालिम सुरु

oplus_0

दंगीशरण, ३ असार ।
‘सीप सिकौं आत्मनिर्भर बनौ’ भन्ने मुल उदेश्यका साथ गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिकाको आयोजनामा लघु उद्यमीहरुलाई गोब्रे च्याउ खेती सम्बन्धी ७ दिने तालिम मङ्गलवारदेखि वडा नं. ६ को सामुदायिक भवन थपगाउँमा शुरुभएको छ ।

आर्थिक वर्ष ७९/८० बाट छनोट सगुन समुहका उद्यमीहरुलाई ७ दिने गोब्रे च्याउ खेती सम्बन्धी तालिम आयोजना गरिएको लघु उद्यम साखा प्रमुख कल्पना विस्टले जानकारी दिनुभयो ।

७ दिने तालिम उद्घाटन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बजारमा गोब्रे च्याउको राम्रो माग पनि बढि रहेकाले उद्यमीहरुलाई गोब्रे च्याउको सफल खेतीका लागि आग्रह गर्नुभयो । कृषि उत्पादनसङ्ग नजोडिदासम्म विकास र समृद्धिले गति लिन नसकिने भएकाले कृषि उत्पादन र व्यावसायिक तरकारी खेती तर्फ अग्रसर हुन सुझाव दिनुभयो ।


सोही अवसरमा वडा नं. ६ का वडा अध्यक्ष रोशनजंग शाहले तालिम पछि सिकेका सिपहरुलाई व्यबहारमा लागु गरी सफल उद्यमी बन्न आग्रह गर्नुभयो । ७ दिने तालिमको प्रशिक्षकमा कृषि साखा सहायक मान बहादुर डाङ्गीले गर्नुभएकोथियो ।

उक्त तालिम वडा नं. ६ का वडा अध्यक्ष रोशनजङ शाहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । तालिम ७ दिनसम्म सञ्चालन हुनेछ।