तुलसीपुरमा भोलिदेखि विद्यालय संचालनमा आउने

तुलसीपुर, ४ असार । तुलसीपुरका विद्यालय मंगलबार भोलिदेखि खुल्ने भएका छन् । अत्याधिक गर्मीका कारण बन्द विद्यालय सोमबार (आज) पानी परेपछि भोलिदेखि खुल्ने भएका हुन् ।

गर्मीले बन्द भएका विद्यालय भोलि (मंगलबार)देखि खुल्ने तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले ईकापी न्यूजलाई जानकारी दिनुभयो ।


बन्द विद्यालय सोमबार वर्षा भएपछि मंगलबारदेखि नियमित संचालनमा आउने उहाँले बताउनुभयो ।

तुलसीपुरमा गर्मीका कारण बुधबारसम्म बन्द गरिएको थियो । तर अबदेखि नियमितरुपमा संचालनमा आउने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।