दंगीशरणमा शैक्षिक गोष्ठी सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, ३ असार ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा गायत्री परीवार नेपालको प्राविधिक सहयोगमा समग्र शैक्षिक अवस्थाका बारेमा शैक्षिक गोष्ठी सम्पन्न भएको छ । गायत्री परीवार नेपालका सदस्य यमा कुमारी बस्नेतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा एक दिने शैक्षिक अभिमुखिकरण गोष्ठीको समापन गरीएको हो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पछिलो समय विद्यार्थीहरुको नैतिकता तथा आचारणमा आएको विकृती प्रती चिन्ता ब्यक्त गरेका थिए । सभ्य र शान्त समाज निर्माण गर्न पहिले आफैबाट सुरुवात गर्नुपर्ने बक्ताहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकाले घरका पारीवारका सदस्यको भन्दा बढि विद्यालयका शिक्षकहरुको विश्वास गर्ने भएकाले उनीहरुको अगाडी सकारात्मक र आचरणयुक्त कुराहरुमात्र गर्न र देखाउन सुझाब दिनुभयो ।


पछिल्लो समय विद्यार्थीहरुमा आचरण र अनुसासनको कमि आइरहेकाले विद्यार्थीहरुलाई नैतिकवान बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । गोष्ठीको प्रशिक्षकमा गायत्री परीवार नेपालकि साबित्री काफ्ले रहनुभएको थियो । प्रशिक्षक काफ्लेले धार्मिक तथा आध्यात्मिक तवरले जिबनलाइ सत्मार्गमा पु¥याउनु पर्ने र संसार परीवर्तनमा सकारात्मक सोचका साथ अगाडी बढ्न प्रेरीत गर्नुभएको थियो ।

गोष्ठीमा कार्यपालिका सदस्य, विद्यालयका प्र.अहरु,सरोकारवाला सबैको उपस्थिति रहेको थियो । गोष्ठीले आजै शिक्षक नर बहादुर बस्नेतको सयोजकत्वमा संस्कृत ज्ञान परीक्षा समिती गठन गरीएको छ । जसको सचिबमा शिक्षक बिमला कडेल,सदस्यहरुमा टंकी भण्डारी,चन्दा योगी,सितरा नेपालि ,खिमराज खनाल,प्रमोद आचार्य,डिल्लिराज आचार्य,दामोदर लामिछाने ,ध्रुब प्रकाश गिरी,र सुनिता न्यौपाने रहनुभएको छ । गोष्ठीको सहजीकरण गायत्री परीवार नेपालका सदस्य निम बहादुर न्यौपानेले गर्नुभएको थियो ।