व्यवसायी भन्छन् : घुमन्ते मिश्रीले हामी मारमा पर्‍यौं

विमल गाैतम
तुलसिपुर, ३२ जेठ ।
तुलसीपुर क्षेत्रमा रहेका फर्निचर व्यवसायीहरुले घुमन्ते व्यवसायीका कारण फर्निचर व्यवसाय आर्थिक मारमा परेकाे भन्दै नियमनका लाागि पहल गरिदिन आग्रह गरेकाे छ ।

फर्निचर व्यवसायिहरुले आज तुलसिपुर उद्योग वाणिज्य संघ र चेम्वर अफ कमर्समा ध्यानाकर्षण पत्र वुझाउदै घुमन्ते फर्निचर व्यवसायिहरुलाई नियन्त्रणकाे लागि पहल गरिदिन आग्रह गरेका हुन ।

फर्निचर तथा फर्निसिङ व्यवसायि समिति तुलसिपुरका अध्यक्ष तिलक वहादुर खडकाकाे नेत्रृत्वमा गयकाे व्यवसायिहरुकाे टाेलिले तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे र चेम्बरका अध्यक्ष टाेप वहादुर घर्तिलाई ध्यानाकर्षण पत्र वुझायकाे हाे ।


साे अवसरमा बोल्दै तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले आफ्ना व्यवसायिहरुलाई परेकाे समस्यामा तुलसिपुर उद्योग वाणिज्य संघ सधै भरि साथमा हुने हुदा याे समस्या समाधानका लागि टिम वनायर अगाडि बढने बताउनु भयाे ।

चालिसेले संघले प्राप्त गरेकाे ध्यानाकर्षण पत्र सम्बन्धित  नियामक निकायमा पठाउने र टिम बनाएर काम गरेकै ठाउमा पुगि सामान जफत वा त्यस्ता घुमन्ते मिस्री वा व्यवसायिलाई कार्वाहिकाे दायरामा ल्याउन पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयाे ।

त्यस्तै ध्यानाकर्षण पत्र वुझ्दै तुलसिपुर चेम्वरका अध्यक्ष टाेप वहादुर घर्तिले फर्निचर व्यवसायिहरुका मागमा आफुहरु सकारात्मक रहेकाे भन्दै नियमनका लागि पहल गर्ने बताउनु भयाे ।