गरिबी निवारणकालागि लघु उद्यम

निराश पान्डे,
शान्तिनगर ३२ जेठ ।
शान्तिनगर गाउँपालिकाको आयोजनामा लघु उद्यमीहरुकालागि बजारीकरणसम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार चिराघाटमा सम्पन्न भएको छ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तालिम सिकेर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा लागू गर्न सकिए मात्र तालिम लिएको सार्थकता हुने बताएका थिए।


कार्यक्रममा शान्तिनगर गाउँपालिकाका प्रशासन प्रमुख कृष्ण कंडेल, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई , शुभाष स्मृति सहकारीकि अध्यक्ष रिता बटाला र कोसेली घर ब्यबसायी प्रबन्धक सहजकर्ता लक्ष्मी भन्डारी लगाएतले बोलेका थिए ।

कार्यक्रममा तीन दर्जन बढी उद्यमीहरुको सभागिता रहेको तालिमको सहजीकरण टोप कुमारी चौधरीले गरेकी थिइन।