दंगीशरणमा-६ मा ७ दिने सिप विकास तालिम शुरु

प्रमोद आचार्य
दंगीशरण, ३० जेठ  ।
दंगीशरण गाउँपालिकाको आयोजनामा ७ दिने दुना टपरी सिप विकास तालिम आजदेखी वडा नम्बर ६ को सभाहलमा शुरुभएको छ ।

सिप सिकौ आत्मनिर्भर बनौ भन्ने उदेश्यका  साथ गरीवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मार्फत दुना टपरी बनाउने मेसीन सहित सिप विकास तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो ।

कार्यक्रममा बोल्दै तालिम उद्घाटन समारोहका प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले सिप सिकेर सिप हासिल गर्न मात्र नभई सफल उद्यमि बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।अब खेतीपातीमा मात्र निर्भर नभइ विभिन्न सिप हासील गरी आत्मनिर्भर बन्न सहयोग गर्ने उदेश्यले यस्ता कार्यक्रमहरु आयोजना गरीएको बताउनुभयो ।


यस्तै अध्यक्ष गिरीले पछिल्लो समय सालको पातको दुना टपरीको माग धेरै बढेकाले बजारीकरणको बारेमा ढुक्कहुन आग्रह गर्नुभयो ।

यस्तै तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका सयोजक रोशन जंग शाहले दुना टपरीका लागी वडा नम्बर ६ राम्रो संभावना भएको वडा भएकाले वडा नम्बर ६ लाई प्राथमिकतामा राखी त्यहाँका महिलाहरुलाइ रोजगारी प्रदान गरी आत्मनिर्भर बनाउन मेसीन सहित दुना टपरी बनाउने तालिम सन्चालन गरीएको बताउनुभयो । कार्यक्रमको सहजीकरण लघु उद्यम साखा प्रमुख कल्पना बिस्टले गर्नुभएको थियो ।