दंगीशरणमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, ३०जेठ ।
आधारभुत स्वास्थ्य सेवा केन्द्र दंगीशरण ४ मौलिले वडा स्तरीय खोप समन्वय समिती र सरोकारवालाहरुका लागी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

दादुरा रुबेला खोप (ORI) अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको आधारभुत स्वास्थ्य सेवाकेन्द्र मौलिका प्रमुख प्रभात रस्मि धितालले जानकारी दिनुभयो। नियमित रुपमा लगाइने १३ प्रकारका खोपहरु लगाइरहेका बेला महामारीको रुपमा फैलिएको दादुरा रुबेला बिरुद्धको खोप लगाउने अभियान सफल बनाउन सरोकारवालाहरुलाई एउटै थलोमा राखि अभिमुखिकरण गरीएको बताउनुभयो ।

दादुरा रुबेला बाट बालबालिकालाई बचाउन ६ महिना देखी १५ बर्ष सम्म उमेर समुहका बालबालिकालाई अनिवार्य खोप लगाउन आग्रह गर्नुभयो । निकै छिटो सर्ने संक्रमक रोग रहेकाले पनि रोग निवारणको अन्तिम बिकल्प खोप मात्र रहेको प्रमुख धितालले बताउनुभयो । आधारभुत स्वास्थ्य सेवा केन्द्र मौलिले भोलिदेखी समय तालिकानै बनाएर अभियान संचालन गर्न लागेको जानकारी गराएको छ ।


जस अन्तर्गत ३१ गते मौलि सामुदायिक भवन र सुकदेवा सामुदायिक भवनबाट खोप संचालन गर्ने बताएको छ । ३२ गते हिमालय इङलिस स्कुल हेकुलिबाट र १ गते रात्री आधारभुत विद्यालयबाट खोप संचालन गर्ने गरी खोप तालिका सार्बजनिक गरेको हो ।

अभिमुखिकरण कार्यक्रम वडा न. ४ का वडा अध्यक्ष कमल थारुको अध्यक्षता तथा कार्यपालिका सदस्य द्रोपती थरुनिको बिशिस्ट आथित्यतामा सम्पन्न भएकोथियो । कार्यक्रममा वडाभित्रका सरोकारवाला निकाय शिक्षक, प्रहरी, समाजसेवी, बाल कल्ब, मतहवा, स्वयंसेवीका लगायतको उपस्थिति रहेकोथियो । कार्यक्रमको सहजिकरण आधारभुत स्वास्थ्य सेवा केन्द्र दंगीशरण ४ का प्रमुख प्रभात रस्मि धितालले गर्नुभएकोथियो ।