आजिवन सदस्य द्वय श्रेष्ठ र गिरि सम्मानित

लक्ष्मण बस्नेत
दाङ, २७ जेठ ।
पतंजलि योग समिति नेपालको आजिवन सदस्य द्वय समाजसेवी व्यक्तित्व उत्तम कुमार श्रेष्ठ र गोकर्ण गिरि लाई सम्मान गरिएको छ ।
पतंजलि योग समिती तुलसिपुर नगर समिति र अरनिको साधना केन्द्र तुलसिपुरले आज सनिवार अन्तराष्ट्रीय योग दिवशको प्रोटक अनुसार सामाजिक तथा धार्मिक क्षेत्रको उन्नयनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोमा उच्च प्रशंसा सहित आजिवन सदस्य द्वय श्रेष्ठ र र गिरि लाई सम्मान गरिएको तुलसिपुर नगर समिती सचिव पुर्ण प्रसाद धितालले जानकारी दिनु भएको छ ।
कार्यक्रम अरनिको साधना केन्द्र तुलसिपुरका अध्यक्ष लोक राज गिरिको अध्यक्षता तथा पतंजलि योग समिती लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी डा अरुण कुमार श्रेठको प्रमुख आतिथ्य एवं तुलसिपुर नगर प्रभारी दिपक शाहको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा अरनिको साधना केन्द्र संचालनका लागि महत्त्वपूर्ण सहयोग पुर्‍याउने युवा व्यवसायी तथा योग साधक अनुप कुमार श्रेष्ठ,बिनिल केसि, निर्मल कुमार पौडेल,देब बहादुर केसि , बिनिता केसि र चन्दन वलिलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन तुलसिपुर नगर समिति सचिव पुर्ण प्रसाद धितालले गर्नु भएको थियो ।