२०८० सालमा कुन–कुन दिन बैंक बिदा हुन्छ ? (सूचीसहित)

काठमाडौं, ९ चैत ।
नेपाल राष्ट्र बैकले २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । २०८० साल वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक भएको हो ।

                           

जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछ । दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् । यस्तै दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ ।

इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ । तर, सीमित बैंकिङ कारोबार सहित फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ । यस दिनमा पनि सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ ।


१ वैशाखदेखि १५ कात्तिकसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यलय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १६ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ ।

१६ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुनेछ ।

हेर्नुहोसु सूचीः