ज्योतिपुञ्जका नयाँ अभिभावककालागि अभिमुखीकरण कार्यक्रम

दाङ, २७ जेठ ।
ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङले आज शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नयाँ विद्यार्थीका अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि.का अध्यक्ष हेमराज शर्माले ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरको अहिलेका कार्यक्रम र आगामी दिनका रणनितिक कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन दाङका अध्यक्ष के.सी.ले अभिभावकको दायित्व र उनीहरुको खुशीको बिषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नयाँ अभिभावकहरुले दुवै विद्यालयबाट शैक्षिक क्रियाकलाप र हुनुपर्ने कार्यक्रमका बारेमा लिखित सुझाव तथा अपेक्षा संकलन गरिएको थियो ।


शैक्षिक बर्ष—२०८० मा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय रामपुरमा आफ्ना बालबालिका भर्ना गरेका अभिभावकहरुलाई विद्यालयले सञ्चालन गरिरहेका कार्यक्रम, कार्यक्रमको कार्यान्वयनले शिक्षण सिकाईमा आएको प्रभावकारिता र त्यसले शिक्षामा आउने दिगो सिकाईपनबारे जानकारी गराउनका लागि नयाँ अभिभावकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा, सञ्चालकहरु ध्रुवराज पौडेल,नविनकुमार पाण्डेय र शालिकराम खनाल, अभिभावक भुपेन्द्र भुसाल, ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गुरुप्रसाद खनाल. लगायतकाले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरका कोर्डिनेटर मदन घिमिरेले गर्नु भएको थियो ।