लागुऔषध बिक्री वितरण गर्ने मेडिकल सञ्चालन पक्राउ

तुलसीपुर, ६ असोज । दाङमा लागुऔषध वितरण गर्ने एक मेडिक सञ्चालनलाई पक्राउ गरिएको छ । तुलसीपुर बसपार्कमा रहेको फ्युजन हेल्थ केयर मेडिकलका सञ्चालक ४० बर्षीया तीला कुमारी सुनारलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बुधबार दिउँसो १२ बजेतिर उनलाई पक्राउ गरिएको हो । उनको साथबाट एन्टिटिसिभ ट्याब्लेट–११२६, एन्टिफोफ ट्याब्लेट–५०४, ट्रामाडोल ट्याब्लेट–१६०४, सी–ट्रयाब–१५६ सहित चार वटा मोबाइल र नगद एक लाख १६ हजार ८ सय ५० रुपैंया बरामद गरेको छ ।


यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'