गणतन्त्र दिवसको अवसरमा सोमबार सार्वजनिक विदा

काठमाडौं, १४ जेठ ।
सोमबार (भोलि) गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । सरकारले हरेक वर्ष गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ ।

जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।


उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।