महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम

दंगीशरण, ७ जेठ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा वडा नं. २ का महिलाहरुका लागी महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिमको आज एक कार्यक्रमका बिच समापन गरीएको छ ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का वलिको सभापतीत्वमा ३ दिने तालिमको समापन गरीएको हो । समापन कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले महिला सशक्तिकरणको सवालमा आफु निरन्तर अगाडी बढेको र महिलाहरूको हरेक सुख दुःखमा आफु सारथि भइ अगाडी बढेको बताउनुभयो ।

पहिलेको तुलनामा महिलाहरुको नेतृत्व विकाससंगै हरेक विकास निर्माणका काममा महिलाहरुको सहभागीतामा वृद्धि भएको बताउनुभयो । यस्तै उपाध्यक्ष खड्काले महिलाहरुलाई सिपमुलक तालिमका साथै आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु आफुले अगाडी बढाएको बताउनुभयो ।


पहिलेको तुलनामा महिलाहरुको नेतृत्व विकास तथा सशक्तिकरणको पक्षमा धेरै परीवर्तन आएको देख्दा आफुलाई खुसि लागेको बताउदै उपाध्यक्ष खड्काले महिला माथि हुने विभेद र लैंगिक हिंसा न्यूनीकरणमा स्वयं आफै महिलाहरू पनि अगाडि बढन आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा सहभागी महिलाहरुले आफुहरुको नेतृत्व विकास र सामाजिक काममा आफुहरुको सहभागीतामा वृद्धि भएको बताएका थिए । ३ दिन सम्म सञ्चालित महिला सशक्तिकरण तालिमको मुख्य प्रशिक्षकमा महिला मानव अधिकार रक्षक संजाल दाङकी सुश्मा गिरी रहनुभएको थियो । तालिमको सहजीकरण महिला बालबालिका शाखा दंगीशरणकी चन्द्रा वलिले गर्नुभएको थियो ।