काठमाडौं, १ जेठ ।
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ, भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
यस्तै सोमबार मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।
लाइभदाङ । १ जेष्ठ २०८०, सोमबार १७:०९ बजे