लुम्बिनीमा १ अर्व ६५ करोड राजश्व संकलन

दाङ, २६ बैशाख ।
लुम्बिनी प्रदेशमा हालसम्म आन्तरिक राजश्व १ अर्ब ६५ करोड १ लाख ७६ हजार ४ सय २३ रुपैयाँ राजश्व सङकलन गरेको छ । चालु आर्थिक वर्षको बैशाख २३ गतेसम्म यो रकम राजश्व सङ्कलन भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ ।

जुन लक्ष्यको ४०.१९ प्रतिशत रहेको कार्यालयका सुचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिए । प्रदेशमा चालु आर्थिक वर्षमा ४ अर्ब १० करोड ५९ लाख रुपैया सङकलन गरेको छ । कृषिका लाग्ने कर ५८ हजार २ सय २५ रुपैया सङ्कलन भएको छ । जुन ५८.२३ प्रतिशत हो । चालु आर्थिक वर्षमा १ लाख उठने लक्ष्य लिएको छ ।

सरकारी सम्पतिको बहालबाट प्राप्त २२ लाख ८ हजार ९ सय ९२ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ६३.११ प्रतिशत हो । लक्ष्य ३५ लाख राखिएको छ । कृषि उत्पादन बिक्रीबाट १ करोड १ लाख ६५ हजार ५ सय ८८ रुपैया सङ्कलन गरेको छ । जुन लक्ष्यको ६५.५८ प्रतिशत हो । चालु आर्थिक वर्षमा लक्ष्य १ करोड ५५ लाख राखिएको छ ।

सरकारी सम्पत्ती विक्री बाट प्राप्त ६ लाख ५० हजार ३ सय ४५ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ६५.०१ प्रतिशत हो । लक्ष्य १ लाख राखिएको छ । नहर कुलो उपयोग गरे वापत ८ हजार सङ्कलन भएको छ । जुन लक्ष्यको १६ प्रतिशत हो । चालु आर्थिक वर्षमा ५० हजार उठाउने लक्ष्य लिएको छ । अन्य सेवा शुल्क बिक्रीबाट ५४ हजार सङ्कलन गरिएको छ । जुन ३ प्रतिशत हो ।

लक्ष्य १८ लाख राखिएको छ । शिक्षा क्षेत्रको आम्दानी १ लाख ३४ हजार २ सय ५० रुपैया भएको छ । जुन लक्ष्यको १३.४३ प्रतिशत हो । लक्ष्य १० लाख राखिएको छ । परीक्षा शुल्कबाट १२ करोड ३८ लाख १६ हजार २ सय ५७ रुपैया सङ्कलन गरिएको छ । जुन लक्ष्यको ३०९.५४ प्रतिशत हो । लक्ष्य ४ करोड राखिएको छ ।

यातायात क्षेत्रको आम्दानी ७ करोड ४५ लाख ६४ हजार ७ सय ९४ रुपैया भएको छ । जुन लक्ष्यको ४९.७१ प्रतिशत हो । लक्ष्य १५ करोड राखिएको छ । अन्य प्रशासनिक सेवा शुल्कबाट ३ करोड ३८ लाख ५० हजार ९ सय ७१ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ४८.३६ प्रतिशत हो । लक्ष्य ७ करोड लिएको छ ।


व्यवसायी रजिष्ट्रेशन दस्तुरबाट ६ करोड ३ लाख १६ हजार १ सय ४३ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ४०.२१ प्रतिशत हो । लक्ष्य १५ करोड लिएको छ । चालक अनुमती पत्र सवारी मार्फत ५५ करोड ६० लाख ७४ हजार १३ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ६७.९६ प्रतिशत हो । लक्ष्य ८१ करोड ८२ लाख ५० हजार राखिएको छ ।

वन क्षेत्रको आयबाट १० करोड १२ लाख २८ हजार ७ सय ३६ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ६.७५ प्रतिशत हो । लक्ष्य १ अर्ब ५० करोड राखिएको छ । न्यायिक दण्ड जरिवाना र जफतबाट १ लाख ६ सय सङ्कलन भएको छ । जुन लक्ष्यको १००.६० प्रतिशत हो । लक्ष्य १ लाख राखिएको छ ।

त्यसैगरेर प्रशासनिक दण्ड जरिवाना र जफतबाट ९५ लाख ५९ हजार २ सय सङ्कलन भएको छ । जुन लक्ष्यको ३१.८६ प्रतिशत हो । लक्ष्य ३ करोड राखिएको छ । धरौटी सदरस्याहारबाट १५ लाख ८२ हजार ७ सय ४ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको ४५.२२ प्रतिशत हो । लक्ष्य ३५ लाख राखिएको छ ।

अन्य राजश्व ३ लाख १ हजार ५ सय २१ रुपैया सङ्कलन गरेको थियो । जुन लक्ष्यको ०.१२ प्रतिशत हो । लक्ष्य २५ लाख राखिएको छ । बेरुजुबाट ११ करोड ३९ हजार १ सय ३१ रुपैया सङ्कलन गरिएको छ । जुन लक्ष्यको १५७.२० प्रतिशत हो । लक्ष्य ७ करोड राखिएको छ । निकासा फिर्ता ९ करोड ७८ लाख ८८ हजार ४ सय १० रुपैयाँ सङ्कलन भएको छ ।

अनुदान फिर्ता ४६ करोड ७५ लाख ७५ हजार ५ सय ८७ रुपैया सङकलन भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । प्रदेश र स्थानीय तहहरुबिच बाँडफाँड हुने राजश्व प्रदेशले सङ्कलन गर्ने सवारी साधन कर १ अर्ब ३४ करोड ५ लाख ८८ हजार १ सय ९५ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ६७.०३ प्रतिशत हो । लक्ष्य २ अर्ब राखिएको छ ।

प्रदेश र स्थानियतह बाँडफाँड हुने राजस्व स्थानीय तहले सङ्कलन गर्ने करबाट ७७ करोड ४२ लाख ५६ हजार ७ सय ४९ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ३५.१४ प्रतिशत हो । चालु आवमा लक्ष्य २ अर्ब २० करोड ३५ लाख राखिएको छ । साभारः गोरक्ष दैनिक