नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन दाङमा हुने

 प्रेम विवश घर्ती मगर

दाङ २ असोज ।

नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन दाङमा हुने भएको छ । नेपाल मगर संघ दाङको आज घोराहीमा बसेको बैठकले आगामी माघ १८,१९,२० र २१ गते दाङको घोराहीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेपाल मगर संघ दाङ को अध्यक्ष खलु पुन मगर को अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय समिती सदस्य दर्जीत रोका मगरको प्रमुख अतिथ्यता एवम नेपाल मगर संघ लुम्बी प्रदेशको प्रथम उपाध्यक्ष सीतलाल पुन मगरको विशिष्ट आथित्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रमुख अतिथी रोका मगर ले दाङमा महाधिवेशन हुँनु दाङका मगरहरुको लागी अवसर र चुनौती दुवै रहेको तर महाधिवेशन उपसमितको आर्थिक संयोजक समेत आफूभएकोले महाधिवेशन भव्यताका साथ सफल हुने बताउनुभएको छ भने सबैलाई सहयो गर्न समेत अनुरोध गर्नुभएको छ ।


विशिष्ट अतिथी सीतलाल पुन मगरले महाधिवेशनमा नेपालभरिबाट मगरहरुको उपस्थिती हुने हुँदा दाङ र दाङ वासी मगरहरुको संस्कार सँस्कृती र मगर एकता को सन्देश देशव्यापी मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत जाने बताउनुभयो । बैठकमा दाङका दश ओटै पालिका बाट नेपाल मगर संघका पालिका अध्यक्ष र पालिका प्रतिनिधीले समेत बैठकमा सल्लाह सुझाव दिएका थिए ।

त्यस्तै बैठकले आगामी कात्तिक २५ गते देखी मंसिर ९ गते सम्म हुने राष्ट्रिय जनगणनामा सम्पूर्ण मगरहरुले आफ्नो थर पछी अनिवार्यरुपमा मगर लेख्न सबै मगरहरुलाई अनुरोध समेत गरेको नेपाल मगर संघका जिल्ला कार्य समितीका सदस्य प्रेम विवश घर्ती मगरले जानकारी दिनुभयो भने बैठकको सहजीकरण सचिव मुक्त बुढा मगरले गर्नुभएको थियो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'