नेत्रलाल अभागी रंगशालाको निराशाजनक प्रगती

दीपक बोहरा,
तुलसीपुर,२३ बैशाख ।
दाङमा ‘नेत्रलाल अभागी रंगशाला’ निर्माण कार्य पनि निराशाजनक छ । २०७६/०७७ बाट निर्माण सुरु भएको उक्त रंगशालाको माटो कटिङ बाहेक अन्य काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको उक्त रंगशालाकालागि यस अघि डेढ करोड बढि लगानी भएको छ, भने चालु बर्षकालागि पनि २ करोड बढि बजेट छुट्याईएको छ । त्यो बजेट अनुसार काम अघि बढेको रंगशाला ब्यबस्थापन समितिका अध्यक्ष देवमन दमाईले बताउनुभयो ।“निर्माण सुरु भएको तीन बर्ष भइसकेको छ”,उहाँले भन्नुभयो“तर, सोचे अनुरुप प्रगति हुन सकेको छैन ।”

घोराही उपमहानगरपालिका–१६ को करौती डाँडामा निर्माण हुन लागेको नेत्रलाल अभागी रंगाशालाकालागि सुरुमा ५० लाख र गएको आर्थिक बर्षमा १ करोड बजेट बिनियोजन भएको थियो ।


यो रंगशालालाई प्रदेश सरकारले पञ्चवर्षीय योजना रुपमा अघि बढाएको छ । जहाँ स्विमिङ पुल, फुटबल मैदान, ब्याटमिन्टन, भलिबल मैदानसहित अन्य खेलकुद संरचना निर्माण गरिनेछ ।

उक्त रंगशाला निर्माणकालागि घोराही उपमहानगरपालिकालो प्रतिकठ्ठा १२ लाखका दरले २७ कट्ठा निजी जग्गासमेत खरिद गरेको छ । रंगशालाको गुरुयोजना निर्माण गर्नकाागि नै तीन बर्ष लागेको थियो । उक्त खेल मैदान निर्माण भएपछि जिल्लाको खेलकूद क्षेत्रले फड्को मार्ने अपेक्षा लिइएको छ । जिल्लामा हाल लमहीमा क्रिकेट मैदान, बेलझुण्डीमा एथ्लेटिक्स र फूलबल मैदान तथा तुलसीपुरमा बहुउद्देश्यीय कबर्डहल निर्माण भएका छन् ।