आत्महत्या न्यूनिकरण गर्न अप्टिमिष्टको सचेतना अभियान

तुलसीपुर,१७ वैशाख । अप्टिमिष्ट क्लब अफ तुलसीपुरले आत्महत्या न्यूनिकरण गर्न सचेतना अभियान सुरु गरेको छ ।

क्लबले आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित युनाईटेड एकाडेमीमा सचेतना कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मनोसामाजिक परामर्शदाता विजय आचार्यले प्रशिक्षण दिएका थिए ।

पछिल्लो समय आत्महत्याका घटनाहरु दिनप्रतिदिन बढिरहकाले यसलाई न्यूनिकरण गर्न यो कार्यक्रम आयोजना गरिएको हो । सोही कार्यक्रम तुलसीपुरका सबै विद्यालयमा सञ्चालन गरिने प्रबक्ता दीपक बोहराले जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले यस्ता कार्यक्रम आबश्यक रहेको बताए । त्यस अवसरमा विद्यालयका प्रिन्सिपल कुलदिप न्योपानेलगायतले मनतब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष कमल सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कोषाध्यक्ष विष्णु योगीले आस्थापाठ गराएका थिए, भने सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए । कार्यक्रममा विद्यालयका ८५ जनाको सहभागिता रहेको थियो ।