त्रिशिद्देश्वरी यातायातद्वारा राहात

टेकराज भण्डारी,
तुलसीपुर, १४ बैशाख ।
तुलसीपुर स्थित त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि ले ना ५ ख ८९२० नम्बर गाडी दुर्घटनामा परि खुट्टा भाचिएका किसोर चौधरीलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै यातायातले मसोटे खोलामा दुर्घटना परि घाइते भएका किसोर चौधरीलाई ३,९४,८९० (तीन लाख चौरानव्य हजार आठ सय नब्वे रुपैयाँ) सहयोग गरेको हो ।


२०७९र५र१९ गते ना ५ ख ८९२० नम्बर बस मालीक किसोर चौधरी दुर्घटनामा परि खुट्टा भाचिए पछि राहत स्वरुप यातायातले ३,९४,८९० सहयोग गरेको यस प्रा.ली का प्रशासनिक सचिव प्रकाश भट्टले बताए ।