नगर युवा सञ्जालद्वारा बालापुरमा खेलकूद प्रतियोगिता आयोजना

तुलसीपुर,४ वैशाख । तुलसीपुर नगर युवा सञ्जालले तुलसीपुर उपमहानगरपालकिा वडा नं.२ स्थति बालापुरमा बिभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

नब वर्ष २०८० सालको अवसरमा बैशाख ८ गते देखि ११ गतेसम्म बालबपुर खेल मैदानमा प्रतियोगिता हुन लागेको बताए । सोमवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी टोल स्तरीय प्रथम भलविल प्रतियोगिता ,टोल स्तरीय महिला कुुर्सी दौड प्रतियोगिता, खुल्ला घैटो फोडलगायतका प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै स्लो बाईक रेश प्रतियोगिता पनि आयोजना गरिएको छ ।

युवाहरुको माग र महिला, बालबालिकाहरुको खेल प्रतिभालाई प्रस्फुटन गराउनकालागि उक्त प्रतियोगिता आयोजना गरिएको सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए ।

त्यस कार्यक्रममा टोल स्तरीय भलिवल प्रतियोगितामा प्रत्येक टोल देखि २ वटा टिम समावेश हुन पाउने छन ।घैटो फोड प्रतियोगितामा दाङ जिल्लाबाट जतिपनि महिला पुरुष समावेश हुन पाउने,टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगितामा १ टोल देखि ५ जनासम्म समावेश हुन पाउने छन भने खुल्ला स्लो बाइक रेस प्रतियोगितामा दाङ जिल्लाभरका मात्र समावेश हुन पाउने व्यवस्था छ ।

कार्यक्रममा भलिवल प्रतियोगितामा प्रथम हुनेले २५ देखि ३० केजी सम्मको १ वटा खसी र प्रमाणपत्र,द्धतिय हुनेले २० देखि २५ केजी सम्मको १ खसी र प्रमाण पत्र प्राप्त गर्ने छन भने तृतिय हुनेले ४ वटा लोकल भाले र प्रमाण पत्र प्राप्त गर्नेछन ।


त्यस्तै खुल्ला घैटो फोड प्रतियोगितामा प्रथम हुनेले नगद २५ सय र प्रमाण पत्र,द्धतियले १५ सय र प्रमाण पत्र र तृतिय हुनेले १ हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्नेछन ।

टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगतामा प्रथम हुनेले नगद २५ सय र प्रमाण पत्र,द्धतियले १५ र प्रमाण पत्र र तृतिय हुनेले १ हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्ने छन भने खुल्ला सोलो बाइक रेस प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार सतिह प्रमाण पत्र,द्धतियले ५ हजार,प्रमाण पत्र र तृतिय हुनेले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने सञ्जालका अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनका अनुसार सोलो बाइस रेस प्रतियोगितामा भाग लिने व्यक्तीलाई रु.५ सय,घैटो दौड प्रतियोगीलाई १ सय,महिला कुर्सी दौड प्रतियोगीलाई १ सय र टोल स्तरीय भविलब प्रतियोगिहरुलाई ७ सय ५० रुपैया शुल्क निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलनको सञ्चालन खेलकुद कार्यक्रमका संयोजक भिम वलिले गरेका थिए । साथै खेलकुद कार्यक्रमको उद्घाटन बैशाख ८ गते बिहान १० बजे गरिने आयोजक युवा सञ्जालले जनाएको छ ।