तुलसीपुरको एक पसलको गोदाममा लागेको आगो नियन्त्रणमा

तुलसीपुर,२८ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बीरेन्द्र चोकमा रहेको याक कपडा पसलको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार अपरान्ह आगलागी भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।


आगलागीबाट भएको क्षति सामानको क्षतिको विवरण आउन बाँकी छ ।