तुलसीपुर, १५ चैत ।
दाङको टरिगाउँ एयरपोर्टमा केही महिनादेखि सेवा दिदै आएको निजि विमान कम्पनी सीता एयरले आज(बुधबार)को उडान भने दाङबाट नेपालगञ्ज ग¥यो ।
काठमाडौंकालागि यात्रु लिएर हिडेको जहाज एकाएक नेपालगञ्ज विमानस्थलमा अवतरण ग¥यो र यात्रुहलाई नेपालगञ्ज नै छोडेर आफू भने मुगु पुग्यो । १९ सिटे जहाज प्रायः पर्यटकीय गन्तब्यकालागि बढि प्रयोग हुन्छन्, पर्यटक बोक्दा नै फाईदा हुने भएपछि उनीहरुले नियमित उडान रोकेर पनि पर्यटकलाई बोक्ने गर्छन् ।बुधबार त्यही भयो । नेपालगञ्जबाट पर्यटक बोकेर मुग लिनु पर्ने भएपछि काठमाडौं जाने यात्रुहरुलाई नेपालगञ्ज अलपत्र पारेको हो ।
अलपत्र पारेपछि यात्रुहरु आक्रोसित भएका थिए । १२ जना यात्रुहरु बोकेर हिडेको उक्त एयरलाईन्सले सवा ११ बजेतिर नेपालगञ्ज विमानस्थलमा यात्रुहरुलाई अवतरण गराएको यात्रु लक्ष्मी पहराईले बताईन् । शुक्रबार जापान जानका लागि यहाँबाट हिडेकी थिइन् ।
अर्को जहाजको ब्यबस्थापन गर्ने भनि नेपालगञ्जमा आस्वासन दिएपनि त्यसमा कुनै चासो नदिएको उनको गुनासो छ । त्यसपछि आफूहरु बुद्ध एयरको जहाजमा काठमाडौं पुगेको उनको भनाई छ । सीता एयरले सोमबार,बुधबार र शनिबार टरिगाउँ एयरपोर्टबाट सेवा दिदै आएको छ ।
लाइभदाङ । १५ चैत्र २०७९, बुधबार १८:५७ बजे