लुम्बिनीमा काँग्रेस र माओवादीको पालापालो नेतृत्व

तुलसीपुर,१२ चैत । लुम्बिनीमा काँग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व  गर्ने सहमति भएको छ । तर, कसले कति–कति समय नेतृत्व गर्ने भन्ने अझै सहमति हुन नसकेको माओवादी केन्द्रका सांसद धनबहादुर मास्की(राजेश)ले बताए ।

उनका अनुसार पहिलो चरणमा काँग्रेसले नेतृत्व गर्ने र दोस्रो चरणमा माओवादी केन्द्रले नेतृत्व छ । आईतबार मात्रै माओवादीसहित सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएर ५३ सांसदले काँग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताब गरेका थिए ।


हाल एमालेका लिला गिरी मुख्यमन्त्री छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतकालागि ४४ सांसद चाहिन्छ ।