बंबई क्याम्पसमा स्वबियु निर्वाचन स्थगित

 दाङ ४ चैत ।

दाङको राप्ती बबई क्याम्पसमा हुन लागेको निर्वाचन स्थगित भएको छ । मतपत्र सम्बधी फरक फरक धारणा रही सहमति जुट्न नसकेका कारण अर्को सुचना नआएसम्म निवार्चन स्थगित गरिएको निर्वाच अधिकृत टेकन प्रसाद कँडेलले जानकारी दिए । राप्ती बबई क्याम्पस तुलसीपुरमा तालाबन्दि गरिएको छ ।


चैत ५ गते निर्धारण गरिएको निर्वाचनमा विद्यार्थिको परिचय पत्र फर्जि रहेको विषयमा छानविन गर्न माग गर्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी संयुक्त गठबन्धनका विद्यार्थिहरुले तालाबन्दि गरेका हुन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतपत्रमा सङ्गठनको नाम नभए पछि बिबाद भएको थियो ।

चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने आशा गरिएकाे थियाे । मतदादान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको थियाे । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।