वडाध्यक्ष चौधरीका वुवाको आज ८ बजे दाहसंस्कार गरिदै

तुलसीपुर,१ चैत । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीका वुवाको आज(बुधबार) दाहसंस्कार गरिने भएको छ ।

कचिला निवासी चौधरीका ७७ बर्षीय वुवा भागीराम चौधरीको मंगलबार विहान ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।


उनको विहान ८ बजे सितलपुर पुलको पूर्व तर्फको कचिला घाटमा अन्तिम दाहसंस्कार गर्न लागिएको वडाध्यक्ष चौधरीले बताए ।

दमको विरामी चौधरीको चितवन मेडिकल कलेजको आइसियुमा उपचारको क्रममा निधन भएको हो।