मानव सेवा आश्रममा होली

निरला अर्याल,
तुलसीपुर, २३ फागुन ।
तुलसीपुर उपमहानरपालिकाको उपप्रमुख स्यानि चौधरीले होली पर्व हुने खानेको मात्र नभई गरीब तथा निमुखा सबैको साझा पर्व भएको बताईन् ।

मानव सेवा आश्रम तुलसीपुरले आयोजना गरेको होली मिलान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव सेवा आश्रममा आश्रित लक्ष्मी नारायण तथा वाल गोपालहरुसंग होली मनाउन पाउँदा खुसी लागेको बताईन् । होली पर्वले सबै वर्गका ब्यक्तीहरुबिच प्रेम सदभाव राख्ने समेत अभिव्यक्त दिईन्।

उपप्रमुख चौधरीले पछिल्ला वर्षहरूमा होली पर्वलाई विकृतिको रूपमा लैजानबाट रोक्न सबैले चासो दिनु पर्ने बताईन् । राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेले विविध कारणले सडक जीवन बिताउनेहरुलाई आश्रमले आश्रम दिई ठूलो पुण्य कमाएको बताईन् । सडक मानवमुक्त अभियानलाई सबैले साझा मुद्दाको रूपमा लिने पर्ने रजौरेको भनाई छ ।


आफू आश्रममा होली पर्व मनाउन पाउँदा जीवनमा सबै भन्दा खुसीको क्षण भएको दाबी गर्नु भयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले मानव सेवा गर्न पाउँदा आत्म सन्तुष्टि मिलेको बताए । विगत लामो समय देखि मानव सेवाको क्षेत्रमा आफू सामेल भएको उनको भनाइ छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगपालिका महिला तथा सामाजिक विकास शाखा तुलसीपुरका प्रमुख माया श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जाल दाङको पूर्व अध्यक्ष सुष्मा गिरी, नगर विकास समितिका सदस्य तथा ब्यबसायी सपना भण्डारी, भलिबल संघ लुम्बिनी प्रदेशको संयोजक तथा विद्युतकर्मी देवेन्द्र बैरागी, ब्यबसायी धर्मेन्द्र वैश्य लगायतकाले होली पर्वको शुभकामना र्दिएका थिए । आश्रमका जिल्ला संयोजक हीरु जोशीको अध्यक्ष्यतमा कार्यकम सम्पन्न भएको थियो ।

आश्रममा हाल महिला १९ पुरुष २५ र एक जना बालक र एक जना बालिका गरी ४६ जना आश्रित छन्। दाङ लगायत विभिन्न जिल्लाबाट उद्वार गरी उनीहरूलाई आश्रममा राखिएको छ । उदार गर्दा बोल्न नसक्ने आश्रितहरु पनि आश्रममा माया प्रेम पाए पश्चात बोल्न सकेको जिल्ला संयोजक हीरू जोशीले बताए ।