तुलसीपुर पुलचोकमा सञ्चालन हुने महापुराणको तयारी तिव्र

तुलसीपुर २२ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नयाँ वषपार्क पुलचोकमा सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को तयारी तिव्र पारिएको छ । जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत महापुराण सञ्चालन हुन लागेको हो ।

आयोजक जयशिव मंहाकाल मानवसेवाले श्रीमदभागवत महापुराणको तयारी तिव्र पारिएको जनाएको छ । अहिले महापुराण सञ्चालन हुने स्थानमा सरसफाई गर्नुका साथै मञ्च बनाउने काम भईरहेको जयशिव महाकालका सचिव शम्भु बुढा मगरले जानकारी दिए ।

जयशिव महाकालले तुलसीपुर स्थित वष पार्कमा १२५ दिनदेखि कोही नभएका र केही नभएका भोकाहरुलाई भोजन र प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क रुपमा खाना खुवाउँदै आएको छ ।


खासगरी केही नभएकाहरुलाई खाना खुवाउने मात्रै नभएर उनीहरुको उपचार गर्नुका साथै बस्नको लागि घर बनाउने उदेश्यले महापुराण आयोजना गरिएको जयशिव महाकाल मानवसेवा आश्रमका सचिव मगरले जानकारी दिए । महापुराणमा आर्थिक दान संगै नच्यातिएको सफा कपडा पनि दान गर्न सकिने आयोजकले जनाएको छ ।

महापुरानको प्रमुख कथा वाचकमा श्री अच्युतशरण धिताल र उपवाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् ।