तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्ने

निराश पान्डे,
चिराघाट १५ फागुन ।
शान्तिनगर गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको दुई दिने किशोर किशोरीका लागि लागू औषध दुर्ब्यसनी सामाजिक संजाल प्रयोग सचेतना तथा दुरुपयोग न्यूनीकरण तालिमको सोमबार एक कार्यक्रमका बिच चिराघाटमा सप्पन्न भएको छ।

शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष प्रेमा के सिको अध्यक्षता एबं प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले तालिममा सिकेका कुराहरुलाई व्यबहारमा लागू नगर्दासम्म तालिम लिएको सार्थकता नहुने बताउनु भएको छ ।


उक्त समापन कार्यक्रममा कार्यपालिका सदस्य रंजिता बोहोरा, सहभागीका तर्फ बाट आदर्श मा बी कासिपुरकी छात्रा अस्मिता कवर र यज्ञ बहादुर खत्री ले बोलेका थिए।

शान्तिनगर गाउँपालिका भित्र रहेका विभिन्न बिद्यालयका तीन दर्जन बढी बालबालिका सहभागिता रहेको तालिमको प्रशिक्षकमा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत डिल्ली खड्का , प्रहरी चौकी चिराघाटका इन्चार्ज खड्क बहादुर डाँगी, शान्तिनगर गाउँपालिकाका रोजगार संयोजक निम राज सापकोटा रहनु भएको थियो, भने कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा साबित्रा आचार्यले गरेकी थिइन।