टरिगाउँमा नेपाल एयरलाईन्सले घटायो भाडा, उडान समय हेरफेर

तुलसीपुर, १३ फागुन ।
नेपाल एयरलाइन्सले दाङ–काठमाडौंको भाडा घटाएको छ । अघि सय ८ हजार ८ सय देखि बढि रहेको हवाई भाडालाई घटाएर ६ हजार ३ सय बनाएको छ । यस्तै काठमाडौं—दाङको ९ हजार १० रुपैयाँबाट घटाएर ६ हजार ५ सय तोकिएको छ । तोकिएको यो भाडा न्यूनतम हो । अधिकतम भाडा भने ११ हजार ९ सय १५ रहेको छ ।

हाल एयरलाईन्सले हप्तामा चार दिन सेवा दिदै आएको छ । यस अघि आईतबार, मंगलबार, विहीबार र शनिबार सेवा दिने गरेको भएपनि अब भने आईतबार हटाएर शुक्रबार सेवा दिने भएको छ । साथै पछिललो समय निजि हवाई कम्पनी सीता एयरलाईन्सले पनि सेवा दिइरहेको छ । सीताले सोमबार, बुधबार र शनिबार सेवा दिने गरेको थियो ।


यस अघि दुबै एयरलाईन्सले शनिबार सेवा दिने गरेका थिए । अब भने आईतबार कुनै पनि एयरलाईन्सले सेवा दिने छैनन् । शनिबार भने दुबै एयरलाईन्सले उडान भर्नेछन् । सीता एयरलाईन्सले दाङ–काठमाडौं भाडा८ हजार र काठमाडौं–दाङ भाडा ८ हजार एकसय तोकेको थियो ।