दिवंगत आशिष बस्नेतको पुस्तक लोकार्पण

तुलसीपुर,२६ माघ । गाडी दुर्घटना परि मृत्यु भएका सल्यान बाघचौरका आशिष बस्नेतको जन्मदिनमा मानव सेवा आश्रममा आश्रितहरुलाई खाजा खुवाईएको छ ।

गोरखा स्कुल तुलसीपुरमा तत्कालिन अबस्थामा कक्षा १० मा अध्ययनरत बस्नेतको गएको बर्ष कात्तिकमा कपुरकोटमा गाडी दुर्घटनामा परि मृत्यु भएको थियो । उनको जन्मदिनको जन्मदिनको अवसरमा विहीबार तुलसीपुर ६ स्थित मानव सेवा आश्रममा रहेका ४१ जना आश्रितलाई खाजा खुवाएको हो ।

साथै जन्मदिनकै अवसरमा उनको सम्भनामा लेखिएको पुस्तकको समेत लोकार्पण गरिएको छ ।
बस्नेतकी आमा गीता बस्नेतको अध्यक्षता तथा गोरखा कलेज तुलसीपुरका विज्ञान संयोजक विष्णु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा भण्डारीले बस्नेत विद्यालयको इमान्दार, मेहनति तथा क्षमतावान विद्यार्थी रहेको बताए।


उनको लगतसिलता सबै विद्यार्थीहरुले सिक्नु पर्ने समेत बताए । कार्यक्रम संयोजक बामदेव सापकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए ।