दाङका सीडीयो रेग्मी सहित ७० जनाको सरुवा

तुलसीपुर, ७ माघ ।
गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो । गृहमन्त्रालयका अनुसार रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ ।


त्यसैगरी प्यूठानकी सुनिता नेपाललाई सिन्धुलीको प्रजिअमा, सल्यानका विपीन आचार्यलाई बाँकेको प्रजिअमा, इलाका प्रशासन कार्यालय साँखुका कृष्णचन्द्र पौडेललाई सल्यानको प्रजिअमा, सरुवा गरिएको छ । दाङका हिरालाल रेग्मीलाई पर्साको प्रजिअमा, लम्जुङका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।