मुलुक लिकबाट बाहिर जानदिनुहुदैन : शान्ति समाज सभापति खनाल

सुशील बस्नेत,
दाङ,१२ माघ ।
मानब अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले मुलुकलाई लिक बाट बाहिन जान दिन नहुने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको उहाँसँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुहुदै खनालले भन्नुभयो,आबधिक निर्वाचन समयमै हुनुपर्छ । तर दलहरुले आ आफ्नो स्वार्थका कारण संबैधानिक ब्यबस्था अनुसारको समय भन्दा पछाडी धकेल्ने प्रयास गरेको देखिन्छ,उहाँले भन्नुभयो ।
निर्वाचन आयोगले तत्काल निर्वाचनको मिति तय गर्न गरेको आग्रहलाई भने अझै ढिला सुस्ती गरिरहेको सभापति खनालले बताउनुभयो ।
अर्को प्रसङमा उहाँले भन्नुभयो,खोप लगाएको कार्ड सेवा प्रदायक निकायमा जादा अनिर्वाय बनाएको छ तर यो गलत हो । खोप सबै नागरिकले लगाउन पाएकै छनन् , खोप पनि समयैमा उपलब्ध नगराउने सरकारले खोप कार्ड अनिवार्य गर्नु कति ब्यबहारीक छ,उहाँले प्रस्न गर्नुभयो ।
शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष कोमल डिसी र सहजीकरण सहसचिव उषा गौतमले गर्नुभएको थियो ।