रुखबाट खस्दा दुबै खुट्टा नचल्ने भए

तुलसीपुर, २९ पुस । 
दाङ दंगीशरण गाउँपालिका वडा नं.५ मिरौली निवासी एक महिलाको रुखबाट लडेर दुबै खुट्टा नचल्ने अबस्थामा पुगेको छ ।


३७ बर्षीया कालीमाया चौधरीको घाँस काट्ने बेला रुखबाट लडेर ढाडदेखि तलतिरको कुनै पनि भाग नचल्ने अबस्थामा भएको हो । विगत दुई हप्ताअघि घाँस काट्ने क्रममा उनी लडेकी थिइन् ।

अहिले उनको काठमाडौंमा उपचार भइरहेको छ । उपचारमा अत्याधिक खर्च लागेकाले आर्थिक सहयोग गरिदिन उनका श्रीमान तिर्थवीर चौधरीले अनुरोध गरेका छन् ।