दंगीशरणमा दुई दिने माघी महोत्सव सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, २८ पुस ।
‘मघौटा सस्कृती हमार पहिचान समृद्धि दंगीशरण हमार अभियान’भन्ने मुल नाराका साथ २ दिन सम्म चलेको दंगीशरण मघौटा म्यालाको बुधबार एक भब्य कार्यक्रमका बिच समापन गरीएको छ ।

कार्यक्रमा बोल्दै लुम्बिनी प्रदेशका निबर्तमा संसद संकर गिरीले थारु जाती संस्कृतिमा धनी रहेकाले संस्कृती जर्गेना गर्न लाग्नुपर्ने बताउनुभयो । यस्तै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारुहरुको परम्परा र संस्कृती जोगाउन सदैब आफु तत्पर रहेको बताउनुभयो । माघि पर्बलाइ मर्यादित र मौलिक बनाउन आजका युबाहरु लाग्नु पर्ने उहाँको भनाइ थियो । नेपाली काङ्ग्रेसका नेता केशब आचार्यले थारु जातीको भेष भुषा रहनसहनको जगेर्ना गर्न मघौटा म्यालाको आयोजना गरीएको प्रती गाउँपालिकालाई धन्यबाद ब्यक्त गर्नुभयो । यस्तै महोत्सब निर्देशन समितीका संयोजक रोशन जङ्ग शाहले माघि पर्बलाई सद्भाव र सहिष्णुताको पर्ब बनाउनु पर्नेमा जोड दिनुभयो । एक जातीले अर्को जातीका चाड पर्बलाई सम्मान गर्नुपर्ने उहाको तर्क थियो ।

कार्यक्रममा थारु संस्कृती झल्कने बिभिन्न थारु प्रतियोगी नृत्यहरु प्रस्तुत गरीएको थियो । पालिकाका ७ वटै वडाबाट आएका करीब ४५ वटा प्रतीयोगी नृत्यहरु राखेका थिय । थारु संस्कृतीमा नाचिने झुम्रा नाच ,मघौटा नाच ,छोक्रा नाच , महोट्या नाच , हुर्डुङ्गा नाच , ,सख्या नाच लागाएतका नाचहरुमा प्रतियोगी नृत्य प्रस्तुत गरीएको थियो । प्रतियोगी नृत्य अन्तर्गत संख्या नाच तर्फ सुकदेवा प्रथम हेकुली दितीय , र मौली तृतीय भएकाछन् ।यस्तै हुर्डुङा नाच तर्फ रावतगाउँ प्रथम , बैबाङ दितीय र थपगाउ तृतीय भएका छन । छोक्रा नाच तर्फ मौली प्रथम रावतगाउ दितीय र श्रीगाउ तृत्य भयकाछन । मघौटा नाच तर्फ सुकदेवा प्रथम हेकुली दितीय र मदरीया तृतीय भएकाछन् ।


उल्लेखनीय दर्शकका बिच भब्य मघौटा म्यालामा स्थानिय कलाकार तथा चर्चित राष्ट्रिय कलाकारहरुले आ–अफ्नो प्रस्तुती राखेका थिए । म्यालामा राष्ट्रिय कलाकार RK थारु , सालिकराम चौधरी ,रोशन रत्गैया लगायतका थुप्रै कलाकारहरुको प्रस्तुती रहेको थियो । म्याला समापनको अबसरमा आयोजकले दंगीशरण गाउँपालिकाका ७ वटै वडामा रहेका गाउँहरुका अगुवाहरुलाइ खादा र प्रमाण पत्रले सम्मान समेत गरेको छ ।

निर्देशन समितीका संयोजकमा दंगीशरण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा मघौटा म्यालाका निर्देशन समितीका सयोजक रोशन जङ शाह सहित मुल समितीका सयोजक वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको शभापतीत्व गाउँपालिका अध्यक्ष शम्भ गिरीको बिशिष्ट आथित्यतामा सम्पन्न मघौटा म्यालाको सहजिकरण गाउँपालिका कर्मचारी मस्तबिर चौधरी गाएक रोशन रत्गैया र सञ्चारकर्मि सुरक्षा चौधरीले गर्नुभएको थियो ।

थारु संस्कृतीको संरक्षण तथा सम्बर्द्धनका लागी दंगीशरण गाउँपालिकाको आयोजनामा मघौटा म्यालाको आयोजना गरीएको थियो ।