दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने

तुलसीपुर
१७ भदौ / दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाको शिक्षा समितिको विहीबारको बैठकले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीका अनुसार कोरोनाको महामारी घट्दै गएकाले आगामी सातादेखि सबै खालका विद्यालय खोल्ने निर्णय भएको हो ।

गएको बैशाखदेखि विद्यालय सञ्चालनमा आउन सकेको थिएन ।


May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'