तुलसीपुरको एक घरमा चोरी

तुलसीपुर, २१ पुस ।
तुलसीपुरमा दिनदहाडै चोरी भएको छ । चोरले बुधबार दिउँसो तलसीपुर उमहानगरपालिका वडा नम्बर ७ गणेशपुरका तुलसीराम वलीको घरबाट बहुमुल्य गरगहना चोरी गरेको हो ।

घरको कोठा खुल्लै राखेर घाम तापीरहेको मौका छोपेर चोरले दराजमा राखेको सुनको बहुमूल्य गरगहना चोरी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।


उहाँका अनुसार चोरले १२ आनाको छड्के तिलहरी १ थान, १२ आनाको कालो मङ्गल सुत्र १ थान, १० आनाको बाला २ थान, २ आनाको चन्द्रमा १ थान, ३ आनाको टप २ थान चोरेको छ ।

यस्तै ५ आनाको झुम्का २ थान, १ तोलाको सिक्रि १ थान, ४ आनाको बाला २ थान र ८ आनाको औठी १ थान चोरी भएको पिडितलाई उदृढ गर्दै प्रहरीले जनाएको छ । चोरको खोजि कार्य जारी राखेपनि अझैसम्म फेला पर्न सकेको छैन् ।