दाङमा मोटरसाइकलमा आगजनी गर्ने महिला पक्राउ

तुलसीपुर,११ असोज । दाङमा मोटरसाइकलमा आगजनी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० सौडिकुला निवासी ३२ बर्षीय मिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभएको छ । चैधरीलाइ घोराही उपमहानगरपालिका १८ पुष्पाञ्जली टोल निवासी बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा बुधबार दिउँसो प्रकाउ गरेको हो ।


लेनदेनको बिषयलाई लिएर चौधरीले उक्त मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी स्थानीयबासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ ।  यस बारे थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।