तुलसीपुर ईसाई समुदायले ग¥यो रक्तदान कार्यक्रम

टेकराज भण्डारी,
तुलसीपुर, १८ पुष ।
तुलसीपुर ईसाई समुदायले ख्रीष्टमस तथा नयाँ बर्ष २०२३ को अबसर पारेर तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

समुदायले सामाजिक उत्तरदायित्व बहन गर्न भन्दै सामाजिक सेवाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
तुलसीपुर ईसाई समुदायका अध्यक्ष बिक्रम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पन्ध्रजना बढिले रक्तदान गरेका थिए ।


कार्यक्रममा रेडक्रस सोसाईटिका अध्यक्ष कुशल तर्ताल,रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी,रक्त सञ्चार सेवा केन्द्रका प्रमुख नरेश चौधरी, जिएल नेपाल ,पावल सुनार, गंगाराम डागी, मनोज बस्नेत,सालिकराम साहु लगायतकाले बोल्नु भएको थियो ।