मोटरसाइकल र स्कुटर ठोक्किदा ४ जना घाइते

तुलसीपुर, १७ पुष ।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत पर्ने घोराही उपमहानगरपालिका–१० अम्राईस्थित मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा चार जना गम्भीर घाइते भएका छन् ।

शनिबार बेलुका साढे ६ बजेतिर घोराहीदेखि तुलसीपुर आउँदै गरेको रा ५ प ५३४१ नम्बरको स्कुटर र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ६४ प ९७९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए ।

घाइते तीन जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार पश्चात थप उपचारका लागि रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

घाइते हुनेमा रा ५ प ५३४१ नं. को स्कुटर चालक घोराही १५ निवासी ५५ वर्षिय कृष्ण शाहको सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा अस्पतालमा रेफर गरिएको छ ।


त्यस्तै स्कुटरमा सवार जिल्ला प्युठान ऐरावती गाउँपालिका –४ निवासी ४५ वर्षिय कृष्ण भण्डारीको बाँकेको भेरी अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ ।

बा ६४ प ९७९७ नम्बरको मोटरसाइलकमा चालक घोराही–११ निवासी ५० वर्षिय केशर बहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ, भने उनकी श्रीमति ५० वर्षिय नारायणी डाँगीको राप्ती आँखा अस्पताल रक्षाचौरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै स्कुटर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।