महोत्सव १६ औं दिनमा समापन

तुलसीपुर, १२ पुष ।
तुलसीपुरमा मंसिर २५ गतेदेखि सुरू भएको प्रथम लुम्बिनी प्रदेशस्तरी पर्यटन तथा कृषि महोत्सवको सोमबार सकिएको छ । विरोधै विरोधका बीचमा सुरू भएको महोत्सव १६औँ दिनसम्म सञ्चालन हुन सफल भएको हो । यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेको अध्यक्षता, नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो । गिरीले युवाहरूले गरेको कामलाई सबैले साथ सहयोग गर्न जरूरी रहेको बताए । युवाहरूले चाहेमा हरेक कामहरू सम्भव हुन्छ भन्ने कुरालाई महोत्सवले पुष्टि गरेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन बोर्ड सदस्य जनकप्रसाद खरालले सबैको साथ र सहयोगले महोत्सव सफल भएको बताए । क्लवका सचिव आकाश भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रको सहजीकरण दिपक खड्काले गरेका थिए ।


महोत्सवमा तीन सय बढी स्टलहरू राखिएको थियो । विभिन्न समुदायहरूकोे जातीय पहिचानसहितको भान्छाघरका स्टलहरूसमेत सञ्चालन भएका थिए । महोत्सवमा ने लाखौंको कारोवार भएको छ ।