नागरिक केयरमा स्तन क्यान्सरको निःशुल्क शिविर

देव राज कँडेल
तुलसीपुर,१ पुस ।
तुलसीपुरको ‘ग’ लाइन स्थित नागरिक केयर हस्पिटल प्रालि निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पुस २ गते शनिबार भरतपुर क्यान्सर हस्पिटलमा कार्यरत जनरल सर्जन तथा बरिष्ठ स्तन क्यान्सर रोग बिशेषज्ञ डा. संजय पान्डेले सेवा दिने भएका छन् ।

हस्पिटलका एमडी दया ज्ञवालीका अनुसार स्तनमा आउने मासुका गिर्खा, लामो समयसम्म घाउ निको नहुँने समस्या भएका एवं आफ्नो स्तनमा कुनै समस्या आएका बिरामीले निःशुल्क शिबिरमा सहभागी हुन पाउने छन् ।

क्यान्सर रोग समयमै पत्ता लगाइ राम्रो उपचार पाएमा निको हुने भन्दै यस्तो शिविर आयोजना गरिएको ज्ञवालीले बताए । ज्ञवालीका अनुसार पछिल्ले समय महिलाहरुमा स्तन क्यानसको समस्या बढ्दै गएको छ ।


उपचारकालागि चितवन, काठमाडौ लगातका ठाउमा जानु पर्ने भन्दै यसलाई अन्त्य गर्न शिविरको आयोजना गरिएको हो । धेरै जना आर्थिक अबस्था कमजोर भएर उपचार गर्न नपाएका बिरामीहरुलाई लक्षित गरि शिविर आयोजना गरिएको हो ।

हस्पिटलले हाल जनरल फिजिसियन बिशेषज्ञ सेवा,नाक,कान,घाँटी रोग बिशेषज्ञ सेवा, सल्यक्रिया, रेडियोलोजी, प्रसुती तथा महिला रोग बिशेषज्ञ सेवा, ल्याब , फर्मेसीलगायत अन्य सेवाहरु दिदै आएको छ ।