तुलसीपुर उपमहानगरपालिकाबाट जनता सुरक्षित छैनन्ः उद्योग ब्यापार संगठन

तुलसीपुर,२७ मंसिर । राष्ट्रिय उद्योग ब्यापार संगठन तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाबाट जनता सुरक्षित नभएको बताएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघले शान्तिपूर्ण रुपमा ब्यबसायका हकहितकालागि माग राख्दै आन्दोलन गरेको क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छलफलकालागि बोलाएको सन्दर्भमा प्रबक्ता माधव वली, तुलसीपुर ११ का वडाध्यक्ष मानबहादुर रावतले संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीसहितका ब्यबसायीहरुमाथि हातपात गरेको घटनाले ब्यबसायीहरुलाई अत्यन्त दुःखी बनाएको संगठनले बताएको छ ।


संगठनका अध्यक्ष घनश्याम डाँगीले विज्ञप्ति जारी गरि कानुन विपरित व्यबसायीमाथि हातपात गर्ने कार्यको विरोध गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । ‘वार्ता र सम्वादबाट समस्या समाधान गर्नुपर्नेमा ब्यबसायीहरु माथि गरिएको यो अभद्र, निन्दनीय तथा अमर्यादित कार्यले ब्यबसायीहरुको माथिको घोर अपमान हो ।’,विज्ञप्तिमा भनिएको छ‘जनताको सुरक्षाको ग्यारेन्टि लिएर निर्वाचत जनप्रतिििनधहरुबाटै ब्यबसायीमाथि हातपात हुनुले हामी ब्यबसायीहरु असुरक्षित महसुस गरेका छौं ।’

जनप्रतिनिधिहरु यसरी जनतामाथि नै जाइलाग्ने कार्यले सरकारप्रतिको विश्वास पनि गुम्दै गएको भन्दै सरकारका प्रतिनिधिबाट यसरी ब्यासायी कुटिनुले जनता कतिबेला कहाँ कुटिन्छन्, भन्ने कुरा त्रासमै बस्नु पर्ने अबस्था सिर्जना भएको विज्ञप्पितमा उल्लेख छ ।