विद्यार्थीलाई झोला र स्टेशनरी सहयोग

तुलसीपुर,२३ मंसिर । दाङ दंगीशरण गाउँपालिका वडा नं.३ पदमपुर एकल िस्थित सरस्वति आधारभूत विद्यालयमा झोला तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ ।

चाईना फाउन्डेशन, बेस संस्थाको सहयोगमा चिल्ड्रेन स्माईलिङ् प्रोग्रामको आर्थिक सहयोगमा साढे २ सय विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको हो । शुक्रबार एक कार्यक्रमका बीच शिशु देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको बेसका कार्यक्रमका फिल्ड संयोजक पिंकी डाँगीले विद्यार्थीहरुलाई खुसी बनाउन सहयोग गरिएको हो ।


विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार कुँवर योगीको अध्यक्ष तथा वडाध्यक्ष सुकलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साथै आगामी दिनमा खाजा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक ज्योति चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विब्यस सदस्य यमनारायण चौधरी,मनिशा केसी, होताराम भण्डारी,शिक्षक अभिभावक संघका कुन्तला पुरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मरिचमान चौधरीले गरेका थिए । उक्त कार्यक्रमले विद्यार्थीहरु खुसी भएका छन् ।