महासचिब पोखरेलले घटाए मतान्तर

दाङ
७ मंसिर / दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यमा एमाले महासचिब शंकर पोखरेलले मतान्तर घटाएका छन् ।

५४ हजार ६ सय ७ मत गन्दा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले १९ हजार ७ सय ७२ मत प्राप्त गरेकी छन्, भने पोखरेलले १८ हजार ७ सय ५८ मत ल्याएका छन् ।

उनीहरुबीचको मतान्तर १ हजार १४ रहेको छ । २६ हजार ४ सय २१ मत गन्दासम्म पोखरेल १९ हजार १२ मतले पछि थिए । तर, त्यसपछि पोखरेलले आफ्नो मतान्तर घटाउँदै लिएका छन् ।


अब २४ हजार ८ सय ३९ मत गन्न बाँकी छ । सोही क्षेत्रमा ७९ हजार ४ सय ४६ मत खसेको थियो । रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।