पुल र सडकको समस्या छिट्टै समाधान गर्छु : कोमल वली

तुलसीपुर, १९ कात्तिक ।
दाङ निर्वाचन क्षेत्र नं. ३ मा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार कोमल वलीले जनताका हरेक क्षणमा आफ्नो साथ रहने बताएकि छिन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा एकता टोलको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन । उनले जनताको दुख र सुखमा साथ दिदै आवश्यकता पहिचान गरि समाधान गर्ने समेत बताएकि छिन । अझै पनि भुगोलको दृष्टिकोणले न्युनतम आवश्यकता पुरा नभएको ३ नम्बर क्षेत्रका जनताले परिवर्तनको महशुस गर्नेगरि विकास गर्ने उनको प्रतिबद्धता छ ।


उनले सडक सुविधा नहुदा अनेक समस्या झेल्दै आएको हुदा सडक र पुल निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएकि छिन । त्यस अवसरमा घरदैलो तथा भेलामा सहभागी हुन पुगेकि वलीलाई स्थानियह?ले फुलमाला लगाई विजयीको शुभकामना दिएका थिए ।