दुई घरमा आगलागी हुदा नौ लाख बराबरको क्षति

दाङ, ८ कात्तिक ।
दाङको राजपुर गाँउपालिका २ बेलामा गएराती ११ बजेको समयमा गणेश यादवको घरमा आगलागी हुँदा करीब ४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घटना भए लगतै प्रहरी र स्थानीयको सहयोगमा आगो लागेको २० मिनेट पछि नियन्त्रणमा लिए पनि आगलागीमा परी खाद्यन्न तथा लत्ताकपडा सहित एउटा कच्चि घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


यस्तै दाङको घोराही उपमहानगरपालिका १ रामपुर निवासी ताम बहादुर सार्कीको २ कोठाको एक तले घरमा पनी हिजो बेलुका साढे छ बजे आगलागी भएको छ । आगलागी बाट घरमा भएमा सम्पुर्ण लत्ता कपडा तथा खाद्यन्न गरी झन्डै ५ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । घटनाको जानकारी आज बिहान ९ बजे मात्रै पाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।