विद्युत सट हुँदा पराल बोकेको टेक्टरको ट्रलीमा आगो

दाङ, ७ कात्तिक ।
दाङको देउखुरीमा विद्युत सट हुँदा पराल बोकेको टेक्टरको ट्रलीमा आगो लागेको छ । गढवा गाउँपालिकाको आँटिपाकरबाट पराल बोकेर गढवातर्फ आउदै गरेको लु ४ त ७८९७ नम्बर को ट्रयाक्टरमा लोड गरिएको परालमा बिजुलीको तार सर्ट हुँदा आगो लागेको थियो।


आगो लाग्दा ट्रलीको एउटा टायर जलेर क्षति भएको छ। ट्रलीभन्दा धेरै माथीसम्म पराल लोड गरेकोले सडकमाथी रहेको तार सर्ट भई आगो लागेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।