तुलसीपुर
३ कात्तिक / दाङमा गठबन्धन निकट युवाका बिभिन्न संगठनहरु संयुक्त रुपमा खटिने भएका छन् । काँग्रेस निकट तरुणदल, माओवादी केन्द्र निकट वाईसिएल, एकीकृत समाजवादी निकट युवा संघसहितका बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध पार्टीहरुका भातृसंगठनहरुबीचको बैठकले तीन वटै संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश निर्वाचन क्षेत्रका लागि युवा परिचालन गरेको हो ।
जस अनुसार दाङ क्षेत्र नं. १ को संयोजकमा वाईसिएलका प्रशान चौधरी, सहसंयोजकमा वाईसिएलकै हिमा पुरी र तरुणदलका किरण विक्रम शाहलाई तोकिएको छ । त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ को संयोजकमा वाइसिएलका दिपक पुन, सहसंयोजकमा तरुणदलका आशिष पौडेल,प्रदेशसभा १ को २ को संयोजकमा तरुणदलका हरि पुन,सहसंयोजकमा युवा संघका रबिन्द्रध्वज पाण्डेलाई तोकिएको छ ।
त्यस्तै दाङ क्षेत्र नं.२ को संयोजकमा वाइसिएलका अनिल सेर्पाइली, सहसंयोजकमा तरुणदलका विमलमान श्रेष्ठ,र युवा संघका हरिकला बाँठालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा १ को संयोजकमा तरुणदलका दिपेन शाही, सहसंयोजकमा वाइसिएलका कुसल बुढा र भक्तहादुर विक, प्रदेशसभा २ को संयोजकमा तरुणदलका सन्तोष डीसी र सहसंयोजकमा वाइसिएलका बामदेव रिजाल, खेमराज न्यौपाने, युवा संघका टार्जन गिरीलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै दाङ क्षेत्र नं.३ को संयोजकमा तरुणदलका मुक्तीप्रसाद न्यौपाने, सहसंयोजकमा वाइसिएलका रेशम विक, युवा संघका जीवन राणालाई तोकिएको छ । त्यस्तै क्षेत्र नं. ३ को प्रदेशसभा १ को संयोजकमा तरुणदलका विष्णु खत्री, सहसंयोजकमा वाईसिएलका हेविन्द्र शाही र युवा संघका मोहन भण्डारी, क्षेत्र नं. ३(२)को संयोजकमा मार्सल जीसी, सहसंयोजकमा तरुणदलका रमेश मल्ल,युवा संघका देविलाल बुढालाई तोकिएको छ । गठबन्धनका उम्मेदवारलाई जिताउनकालागि युवाहरुलाई परिचालन गर्ने निर्णय गरिएको हो ।
त्यस्तै जिल्लाको चुनाबी परिचालन सम्बन्धि अनुगमन तथा निर्देशनकालागि वाईसिएलका केन्द्रीय सदस्य अमर नेपाली, तरुणदलका जिल्ला अध्यक्ष टिका घर्ती, वाईसिएलका जिल्ला संयोजक माधव बुढाथोकी, युवा संघका प्रेम बुढा र डोरबहादुर केसीलाई जिम्मेवारी तोकिएको छ ।
लाइभदाङ । ३ कार्तिक २०७९, बिहीबार २१:२७ बजे