दाङ ३(ख)मा वाईसिएल परिचालन

तुलसीपुर,२८ असोज ।
माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग(वाईसिएल) ले दाङ क्षेत्र नं.३(ख)को निर्वाचनकालागि नेता तथा कार्यकर्ता परिचालन गरेको छ । जस अुनसार शान्तिनगरको संयोजकमा जीवन खड्का र सहसंयोजकमा कुमार केसी, बबईको संयोजकमा रोशन केसी र सहसंयोजकमा कुमार केसी, दंगीशरणको संयोजकमा मनिराम चौधरी र सहसंयोजकमा मधव विकलाई जिम्मेवारी प्रदान गरिएको छ ।

               


त्यस्तै वडा नं.१० र ११ को संयोजकमा विप्लव वलीलाई जिम्मेवारी प्रदान गरिएको छ । पार्टीका दाङ क्षेत्र नं.३(ख)का संयोजक मोहन वली, वाइसिएल दाङका संयोजक माधव बुढाथोकी, क्षेत्र नं.३(ख)का युवा परिचालन संयोजक मार्सल जीसीको सहभागितामा बसेको बैठकले जिम्मेवारी बाँडफाँट गरिएको छ ।

दाङ क्षेत्र नं.३ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिपक गिरी, ३(क)का उम्मेदवार डिल्ली चौधरी र ३(ख)का उम्मेदवार धनबहादुर मास्के(राजेश)लाई जिताउनकालागि वाईसिएल परिचालन गरिएको हो ।