राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेरुजु करिब साढे १० करोड विश्वविद्यालयको बेरुजु ४९ लाख

तुलसीपुर, ८ भदौ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेरुजु करिब साढे १० करोड रहेको छ ।

प्रतिष्ठानको जम्मा ४४ करोड ६९ लाख ३ हजार बजेट मध्ये १० करोड ४४ लाख ६५ हजार बेरुजु देखिएको हो । त्यस्तै बेलझुण्डी स्थित नेपाल सस्कृत विश्वविद्यालयको बेरुजु भने ४९ लाख मात्रै छ ।

८० करोड ४६ लाख २० हजार बजेटमा ४९ लाख बेरुजु आएको हो । तर, प्रतिष्ठानमा विश्वविद्यालय भन्दा कम बजेट भएपनि धेरै बेरुजु आएको छ ।


त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा १ करोड ७२ लाख ६८ हजार बेरुजु देखिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयमा १० लाख ५९ हजार, घोराही नगर विकास समितिमा ७६ लाख ६ हजार र लमही नगर विकास समितिमा ६० हजार बेरुजु देखिएको हो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'